सिरहा । सिरहाका युवा नेताद्वय दिपेश यादव र नागेन्द्र यादव उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
जसपा नेपालमा विभिन्न जिम्मेवारीमा सक्रिय रहेका दुवैले पार्टीको साधारण सदस्यतासमेत परित्याग गर्दै छुट्टाछुट्टै विज्ञप्तिमार्फत राजीनामा दिएका हुन् । राजीनामापछि उनीहरूले रास्वपासँग राजनीतिक यात्रा अघि बढाउने निर्णय गरेका छन् ।
दिपेश यादव यसअघि जसपा नेपालको मधेश प्रदेश विद्यार्थी अध्यक्ष तथा प्रदेश समिति सदस्य थिए भने नागेन्द्र यादव सखुवानन्कारकट्टी गाउँपालिका समितिका अध्यक्ष थिए ।
दिपेश यादवले आफ्नो राजीनामा पत्रमा पछिल्लो समय पार्टीभित्र देखिएको विवाद, गुटबन्दी र संगठन सञ्चालनसम्बन्धी असन्तुष्टिका कारण पार्टीमा प्रभावकारी रूपमा काम गर्न कठिन भएको उल्लेख गरेका छन् । उनले पार्टीको सदस्यता अभिलेखबाट आफ्नो नाम हटाइदिनसमेत अनुरोध गरेका छन् ।
रास्वपामा प्रवेश गरेपछि दुवै नेताले वैकल्पिक राजनीतिक सोचका साथ जनताको मुद्दामा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
दिपेश र नागेन्द्रको पार्टी परिवर्तनलाई सिरहाको स्थानीय राजनीतिक गतिविधिमा देखिएको पछिल्लो घटनाक्रमका रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय