सिरहा । सशस्त्र प्रहरीले सिरहाका विभिन्न सीमा क्षेत्रबाट भन्सार छली तथा अवैध रूपमा ओसारपसार गर्न खोजिएका करिब ९ लाख मूल्य बराबरका सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हे.क्वा. सिरहाका अनुसार जिल्लाका विभिन्न सीमा इलाकामा खटिएको टोलीले मोटरसाइकल, लत्ताकपडा, कस्मेटिक सामान, किराना सामग्री तथा विभिन्न प्रकारका मदिरा बरामद गरेको हो ।
बरामद गरिएका सामानको अनुमानित मूल्य ८ लाख ९७ हजार ९ सय ७९ रहेको सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाले जानकारी दिएकाछन् ।
उनका अनुसार बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी भन्सार कार्यालयमा दाखिला गर्ने प्रक्रियामा रहेको छ ।
सीमा क्षेत्रमा हुने अवैध ओसारपसार तथा चोरी–पैठारी नियन्त्रणका लागि सशस्त्र प्रहरीले निगरानी र गस्तीलाई निरन्तरता दिइरहेको जनाएको छ । विशेषगरी खुला सीमाका कारण हुने अवैध कारोबार नियन्त्रण गर्न सीमा क्षेत्रमा नियमित रूपमा चेकजाँच तथा गस्ती बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय