काठमाडौं– सिरहाको लहानबाट लागुऔषधसहित पक्राउ परेका ६ जनामध्ये मो.नसिर व्यक्ति हत्या मुद्दामा २५ वर्ष कैद सजाय पाएका फरार अभियुक्त रहेको खुलेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ गर्ने क्रममा प्रहरीमाथि आक्रमणको प्रयास भएपछि गोली चलाइएको थियो ।

घटनामा नसिर र भारतीय नागरिक विद्यानन्द यादवको खुट्टामा गोली लागेको छ ।

प्रहरीले उनीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ ।

ब्युरोका अनुसार नसिर सप्तरीको हत्या मुद्दामा दोषी ठहर भई झुम्का कारागारमा सजाय भुक्तान गरिरहेका थिए ।

जेनजी आन्दोलनका बेला कारागारबाट फरार भएका उनी पछि लागुऔषध कारोबारमा संलग्न भएको प्रहरीको दाबी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय