काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।
शुक्रबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

यस वर्षको परीक्षामा ४ लाख १८ हजार १७० जना विद्यार्थी सहभागी भएका थिए ।
बोर्डका अनुसार ६४.१३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गत वैशाख १४ गतेदेखि सञ्चालन भएको परीक्षामा मर्यादा विपरीत कार्य गरेको आरोपमा ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ ।
तीमध्ये ३० जना नियमित र १० जना आंशिकतर्फका विद्यार्थी रहेका छन् ।
विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको अनलाइन सेवा, एसएमएस तथा १६०१ नम्बरमार्फत आफ्नो नतिजा हेर्न सक्नेछन् ।



