जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीभित्र पुनः विवाद सुरु भएको छ । यसअघि आफ्नै नेतृत्वको सरकार ढालेको जनमत पार्टीका नौजना सांसदले पुनः कांग्रेस नेतृत्वको मधेस प्रदेश सरकारबाट सर्मथन फिर्ता लिएका हुन् ।

दलका प्रमुख सचेतक चन्दन सिंहले नौजना सांसदको हस्ताक्षरसहित समर्थन फिर्ता लिएको पत्र सोमबार राति प्रदेश प्रमुखको कार्यालयमा पठाएको जानकारी दिए । अहिले मधेस सरकारमा जनमत पार्टीबाट महेश यादव अर्थमन्त्री र बसन्त कुशवाहा खेलकुद मन्त्री रहेका छन् । बबिता राउत उपसभामुख छिन् ।

जनता समाजवादी पार्टी नेपालले पनि साँसदहरूको हस्ताक्षर सोमबार नै तयार गरेर राखेको छ । जसपाले सरकारलाई दिइएको समर्थन फिर्ता लिएको पत्र मंगलबार (आज) प्रदेश प्रमुखलाई बुझाइने तयारी गरेको छ ।

जसपा र जनमत पार्टीले समर्थन फिर्ता लिए नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादव नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

एमालेको समर्थनमा जसपा नेपाल र जनमतसहितको सरकार बनाउने तयारी भइरहेको छ ।

गएको मंसिर १९ गते नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ६ महिना नबित्दै सरकार ढल्ने संकेत देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय