सिरहाको मिर्चैया नगरपालिका–११, सितापुरमा तीव्र हावाहुरीका कारण एक वृद्ध महिलाको मृत्यु भएको छ।

स्थानीय करिब ७५ वर्षीया कारि देवी महरा छिमेकी घरको कौसीको रेलिङबाट इँटा खसेर गम्भीर घाइते भएकी थिइन्। घाइते अवस्थामा उनलाई उपचारका लागि मिर्चैयास्थित मंगलम अस्पताल लगिँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

अचानक आएको विनाशकारी हावाहुरीका कारण घरको माथिल्लो भागमा क्षति पुग्दा इँटा झरेर उनीमाथि लागेको स्थानीयले बताएका छन्।

घटनापछि उक्त क्षेत्रमा त्रास फैलिएको छ भने हावाहुरीले अन्य घरमा समेत आंशिक क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय