सप्तरी–२ बाट राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) का रामजी यादव निर्वाचित भएका छन् । उनले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पराजित गरेका हुन् ।२८ हजार ४०४ मत ल्याएर रामजीले चुनाव जित्दा सिके राउत तेस्रो भए । दोस्रोमा रहेका जनता समाजवादी पार्टी नेपालका उमेशकुमार यादवले १४ हजार २६३ मत पाउँदा जनमतका राउले केवल ९ हजार ८८० मत प्राप्त गरे ।

जनमत पार्टीबाटै फुटेर बनेको स्वाभिभान पार्टीक उम्मेदवार सतिशकुमार सिंहले ३५५७ मत पाएका छन् । उनी जनमतबाटै मधेशको मुख्यमन्त्री भएका थिए ।

यस्तै, कांग्रेसका रामकुमार यादवले २४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलमले ११२० र मोहम्मद जियाउन रहमान ८८३ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय