युरोपेली भूमि साइप्रसमा इरानले ड्रोन हमला गरेको छ ।
अमेरिकाले आफ्ना युद्ध जहाजलाई अरब क्षेत्रबाट साइप्रसमा सारेको भन्दै इरानी सैन्य अधिकारीले साइप्रसमा पनि हमला गर्ने पूर्वउद्घोष गरेका थिए । साइप्रसमा आइतबार हमला गरिएको थियो भने सोमबार दुई ड्रोनलाई खसालिएको बेलायती विश्व समाचार च्यानल बीबीसीले उल्लेख गरेको छ ।

बेलायतको साइप्रसमा रहेको आक्रोतिरी सैन्य शिविरमा इरानी हमला हुँदा धावनमार्गमा क्षति पुगेको बताइएको छ । तर, कुनै पनि मानवीय क्षति भने भएको छैन ।
बेलायती प्रधानमन्त्री केइर स्टार्मरले बेलायत अमेरिकी युद्धमा प्रत्यक्ष सहभागी नहुने बताएका छन् । तर, रक्षात्मक प्रयोजनको लागि आफ्नो सैन्य शिविर प्रयोग गर्न दिने बताएका छन् ।




