सिरहा । निर्वाचन अधिकृतको कार्यालय, सिरहा (प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २) ले मतदान केन्द्रमा खटिएका मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको नामावली सार्वजनिक गरेको छ।
कार्यालयले जारी सूचनाअनुसार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि क्षेत्र नं. २ अन्तर्गत मतदान केन्द्रमा खटाइएका कर्मचारीहरूको विवरण प्रकाशन गरिएको हो।

सूचनामा कर्मचारीहरूको नाम, पद र सम्पर्क नम्बर उल्लेख गरिएको छ। विवरणमा कुनै त्रुटि भएमा सम्बन्धित कर्मचारीलाई कार्यालयमा उपस्थित भई वा तोकिएको मोबाइल/WhatsApp नम्बरमा सम्पर्क गरी विवरण सच्याउन अनुरोध गरिएको छ। साथै, आफ्नो प्यान नम्बर र बैंक खाताको विवरण स्पष्ट देखिने कागजात उपलब्ध गराउनसमेत आग्रह गरिएको छ।
कार्यालयले निर्वाचन कार्यलाई निष्पक्ष, व्यवस्थित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको जनाएको छ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली





