सिरहा । जिल्ला निर्वाचन कार्यालय, सिरहाले मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूको एकदिने तालिमसम्बन्धी सूचना सार्वजनिक गरेको छ।

कार्यालयले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूको तालिम मिति, समय र स्थान तोकेको हो।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तालिम श्री सूर्यनारायण सत्यनारायण मोरवैता यादव बहुमुखी क्याम्पस, सिरहामा सञ्चालन हुनेछ। तालिम बिहान १० बजेदेखि सुरु हुने जनाइएको छ।

सूचनाअनुसार निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ का मतदान अधिकृतहरूका लागि फरक–फरक मितिमा तालिम आयोजना गरिएको छ। साथै, निर्वाचन क्षेत्र नं. १ र २ तथा निर्वाचन क्षेत्र नं. ३ र ४ का सहायक मतदान अधिकृतहरूका लागि पनि छुट्टाछुट्टै तालिम मिति तोकिएको छ।

कार्यालयले सम्बन्धित सबै अधिकारीलाई तोकिएको मिति र समयमा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय