सिरहा । सिरहामा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या भएको छ। गोली लागेर सिरहा सदरमुकामका ४० वर्षीय प्रेमनाथ यादवको मृत्यु भएको हो।

सिरहा नगरपालिका–७ स्थित मैनावती खोला छेउ शुक्रबार दिउँसो करिब ३:४५ बजे यादवमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालले जानकारी दिए।

हत्या किन र कसले गर्यो भन्ने विषयमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

error: Content is protected !!