गोलबजार । सिरहाको गोलबजार नगरपालिका–३, जम्दह भांगवारीमा बुधबार साँझ यस्तो दृश्य देखियो, जसले नागरिक जीवन र सरकारको दायित्वबीचको अन्तर प्रष्ट देखाउँछ । चोरपानेतर्फ जाँदै गर्दा फर्किँदै गरेको अवस्थामा मैले टाढैबाट भिड देखेँ। नजिक पुग्दा थाहा भयो–भिड पिउने पानी लिन लाइन लागेको रहेछ ।
तीन तहका सरकार जनताका लागि बनेको भनिए पनि आधारभूत आवश्यकता–पिउने पानीका लागि पनि नागरिकले लामो लाइन बस्नुपर्ने बाध्यता छ । साँझ भरिएको पानी भोलि साँझसम्म जोगाएर खानुपर्ने अवस्था, दैनिक संघर्षको हिस्सा बनेको छ ।
चुनावी प्रचारमा नेताहरू सुशासन, पारदर्शिता र जनताको हकहितका लागि प्रतिबद्ध हुने भन्दै वचन दिन्छन् । तर चुनाव सकिएपछि वास्तविकता फरक देखिन्छ । घर–घरमा सिंहदरबारको नारा, नागरिकको जीवनमा प्रत्यक्ष सुविधा र सुविधा पु¥याउन नसक्नु, यी कुरा बीचको दूरी देखाउँछ ।
यो भिड मात्र पानीका लागि होइन, नेताका प्रतिबद्धता र जनताको वास्तविक जीवनबीचको अन्तरको प्रतीक बनेको छ ।




