सिरहा । कान्तिपुर मिडिया ग्रुपका सिरहा जिल्ला संवाददाता विनय आजाद सम्मानित भएका छन् । रामनगर मिर्चैया उद्योग वाणिज्य संघले आइतबार मिर्चैयामा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेको हो ।

सार्क उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल, मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवणकुमार यादव र रामनगर मिर्चैया उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष हरिशंकर साहले संयुक्त रूपमा आजादलाई सम्मानपत्र प्रदान गरे ।

जिल्लाको व्यावसायिक विकास, सुशासन र समृद्धिका लागि निष्पक्ष तथा निर्भीक पत्रकारितामार्फत् उल्लेखनीय योगदान पुर्‍याएको भन्दै आजादलाई सम्मान गरिएको संघले जनाएको छ ।

यसैबीच, मिर्चैयामा हालै सम्पन्न उद्योग वाणिज्य संघको निर्वाचनबाट नवनिर्वाचित पदाधिकारीहरूले आइतबारदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय