जनकपुरधाम । विवाह पञ्चमी महोत्सव–२०८२को पावन अवसरमा डीक्का महासंघ नेपाल केन्द्रीय समितिले जनकपुरधाम–अस्पताल रोडस्थित रामराज स्पाइन क्लिनिकको प्राङ्गणमा निःशुल्क स्वच्छ खानेपानी र प्राथमिक स्वास्थ्य उपचार सेवा सञ्चालन गरेको छ । आज बिहानैदेखि सुरु गरिएको सेवा साँझ ९ बजेसम्म निरन्तर जारी रहने डीक्का महासंघ नेपालका महासचिव रामपुकार कामतीले बताएकाछन् ।
महोत्सवका लागि देश–विदेशबाट आगन्तुक भक्तजन तथा सर्वसाधारणलाई सहजताको लक्ष्यासहित सञ्चालन गरिएको सो सेवामा रामराज क्लिनिकका डा. राकेश मण्डल, कौशल मण्डल लगायत पदाधिकारीले आर्थिक तथा व्यवस्थापनमा सहयोग पु¥याएका छन् ।

कार्यक्रममा डीक्का महासंघ नेपालका अध्यक्ष विजय कुमार मण्डल, महासचिव रामपुकार कामती, कोषाध्यक्ष रिचा मण्डल, प्रवक्ता श्यामसुन्दर राय लगायतको सक्रिय सहभागिता रहेको थियो ।
आयोजकहरूले विवाह पञ्चमीमा जनकपुरधाम आउने सबैलाई सहज, सुरक्षित र स्वच्छ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।




