मुम्बई । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको सोमबार ८९ वर्षको उमेरमा निधन भएको छ । उनको अन्त्येष्टि विले पार्लेस्थित पवन हंस श्मशानमा गरिएको छ ।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका राजनीतिज्ञ, व्यवसायी, समाजसेवी, अभियन्ता र सिंगो बलिउडमा शोक व्यक्त गरेको छ ।

एक असाधारण अभिनेता जसले आफ्नो हरेक भूमिकामा आकर्षण र गहिराइ ल्याउनुभयो’ मोदी लेख्छन्, ‘उहाँले निर्वाह गर्नुभएको विविध भूमिकाले अनगिन्ती मानिसलाई प्रभावित तुल्यायो । धर्मेन्द्र जीलाई उहाँको सरलता, नम्रता र आत्मीयपनको लागि उत्तिकै प्रशंसा गरिन्थ्यो ।



