जिल्ला प्रशासन कार्यालय सिरहाले बिहीबार १० बजेदेखि साँझ ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
सिरहाका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले कर्फ्यु आदेश जारी गर्दै शान्तिसुरक्षाको विश्लेषणको आधारमा जिल्लाभित्र शान्ति सुव्यवस्था कायम राख्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) कमोजिम जिल्लाभर कर्फ्यु लगाइएको हो ।

कर्फ्यु आदेश उल्लंघन गरिएमा कानुनबमोजिम कारबाही गरिने उल्लेख छ । कर्फ्युको अवधिभर अत्यावश्यक सेवाका सवारीसाधनहरू, एम्बुलेन्स, दमकल, शववाहन, स्वास्थ्यकर्मीका सवारीसाधनहरु तथा सञ्चारकर्मीहरू, पर्यटक सवारीसाधनहरु, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारीसाधनहरूको आवागमनमा सुरक्षाकर्मीहरूबाट सहजीकरण हने आदेशमा उल्लेख छ ।

जिल्ला सुरक्षा समितिको आधारमा बुधबार साँझ ५ बजेदेखि कर्फ्यु लगाइएको थियो । जिल्लाका महत्त्वपूर्ण ठाउँ र सार्वजनिक संरचनाहरूको सुरक्षार्थ नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन भएका छन् ।

पूर्व–पश्चिम सडकमा अति जरुरी कामले निस्किएकाहरूलाई नेपाली सेनासहित सुरक्षाकर्मीहरूले सोधपुछ गरेर मात्र छोडेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय