रामेछाप : जिल्ला कारागार कार्यालयमा रहेका २ जना कैदीबन्दीको मृत्यु भएको छ। बिहीबार बिहान कारागारको गेट तोडेर कैदीबन्दी भाग्न खोजेपछि सुरक्षाकर्मी र कैदीबिच झडप भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। झडपपश्चात भाग्न खोजेका कैदीबन्दीलाई सेनाले रोक्ने प्रयास गरेको थियो ।





