काठमाडौं।  पश्चिमी सुडानको दुर्गम मर्रा पर्वतमा भएको पहिरोमा कम्तीमा १ हजार जनाका  मृत्यु भएको सुडान लिबरेशन मुभमेन्ट आर्मी नामक विद्रोही समूहले दाबी गरेको छ।

धेरै दिनसम्मको भारी वर्षाका कारण आइतबार पहिरो गएको थियो। यसले टारासिन गाउँलाई ‘पुरै तहसनहस’ बनाइदिएको र केवल एक जना मात्र बाँच्न सफल भएको समूहले जनाएको छ।संयुक्त राष्ट्रसङ्घ र अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग उक्त समूहले मानवीय सहायता माग गरेको छ।२०२३ अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्स बीच युद्ध भइरहेपछि उत्तर दारफुरका धेरै बासिन्दा मर्रा पर्वत क्षेत्रमा आश्रय लिन पुगेका थिए

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय