काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेका छन् ।चीनको थियानजिनमा रहेका प्रधानमन्त्री ओलीले आज जिनान जिल्लाको सिआओझानस्थित धान उत्पादन विशेष क्षेत्रको भ्रमण गरेको उनको सचिवालयले जनाएको छ ।
सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली भदौ १४ गतेदेखि चीन भ्रमणमा छन् । उनले १४ गते नै चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गरेका थिए ।राष्ट्रपति सीको निमन्त्रणामा चीन भ्रमणमा गएका ओली बुधबारसम्म चीनमा रहेछन् ।चीन भ्रमणबारे शुक्रबार प्रतिनिधि सभालाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले आफ्नो भ्रमण मुलुकको समग्र हितका लागि केन्द्रित रहने बताएका थिए ।





