सिरहा । सिरहाको लहान नगरपालिका–१९ स्थित छारापट्टि चोकमा भन्सार छली गरिएको सामानसहित एक भारतीय स्कारपियो गाडी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार साँझ करिब ८ः०० बजे सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेसक्याम्प लहानबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विजयकुमार चौधरीको कमान्डमा खटिएको मोबाइल टोलीले ठाडी–लहान भित्री सडक खण्डमा सवारी जाँच गर्ने क्रममा बिआर०१ पिबी ४६४२ नम्बरको सेतो रङ्गको भारतीय स्कारपियो गाडीलाई रोक्न खोज्दा उक्त गाडी तीव्र गतिमा भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
पछ्याउँदै जाँदा सो गाडी लहान नगरपालिका–१९ को कटाहा चोक नजिकैको सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको हो । चालक भने फरार छन् । गाडी जाँच गर्दा सात लाख चार हजार ८ सय ५० रुपैया मूल्य बराबरको विभिन्न लत्ताकपडा फेला परेको छ । स्कारपियोको मूल्य करिब १५ लाख रहेको बताइएको छ । बरामद गाडी र कपडा भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको सशस्त्र प्रहरी बल, नेपाल नं. ७ हे.क्वा. गणका गणपति नरेश भण्डारीले जानकारी दिएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय