काठमाडौँ । सामाजिक सुरक्षा कोषको अनलाइन प्रणालीबाट प्रदान हुने सेवा बिहीबार र शुक्रबार अवरुद्ध हुने भएको छ।
कोषले एक सूचना प्रकाशन गर्दै सूचना प्रणालीको परीक्षण गर्न लागेकाले आज र भोलि सेवा बन्द रहने जनाएको हो।आज दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म र भोलि दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म अनलाइन सेवा बन्द रहने सूचनामा उल्लेख छ। सूचना प्रणालीलाई आपतकालीन अवस्थामा पनि सुरक्षित र सहज बनाउन प्राविधिक परीक्षणका कारण सेवा प्रभावित भएको कोषले जनाएको छ ।





