काठमाडौं :श्रम बिना प्रगति सम्भव छैन र श्रमिकको सम्मान बिना समृद्धि सम्भव छैन। यसअघि हामीले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेर श्रमिकको भविष्य सुरक्षित गर्ने पाइला चलेका थियौं।’
प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक र श्रम बिना देशको प्रगति सम्भव नभएको बताएका छन्। सरकारले साउन १ गतेदेखि लागू हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको जानकारी गराउँदै प्रधानमन्त्री ओलीले श्रमिकको सम्मान बिना समृद्धि सम्भव नभएको दाबी गरेका हुन्।





