सिरहा । एनएच–२० अन्तर्गत माडर बजारमा गुणस्तरहीन आरसीसी सडक निर्माण गरिएको छ ।

मुख्य सडकमै निर्माण कम्पनीले आरसीसी सडक निर्माण गर्दा गम्भीर लापरबाही गर्दै गुणस्तरहीन काम गरेको हो । रातारात गुणस्तरहीन सडक निर्माण गर्दैगर्दा स्थानीयले विरोध गरेर निर्माण कार्यमा रोक लगाएको छ । भगत ग्रुप अफ कन्स्ट्रक्सन कम्पनीले ७० मिटर लम्बाईको आरसीसी सडक निर्माण गर्दा सिमेन्ट, बालुवा र गुट्टीको अनुपात नमिलाएको देखिएको छ । निर्माण गरिएको सडकलाई स्थानीयले लट्ठीले उखेल्दा सडक गुणस्तरहीन रहेको खुलेको छ । त्यसपछि स्थानीय रामकुमार यादव, दर्बिन यादव लगायतले पानी ट्यांकर र मिक्चर गाडी नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय माडरको जिम्ममा लगाएको थियो ।

सिरहा नगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष उमेश प्रसाद यादवले सडक निर्माणमा गम्भीर लापरबाही भएकोले सरोकारवाला निकायले आवश्यक छानबिन गर्नुपर्ने बताए ।

यता निर्माण कम्पनीका प्रमुख दिपेन्द्र भगतले सडक निर्माणमा अवरोध भएको बताए । गुणस्तरहीन काम नभएको र आवश्यक केमिकल दिएर सडक ठिक्क पार्ने निर्माण व्यवसायी भगतले बताए । सडक गुणस्तरहीन निर्माण गरेको विषयमा सडक डिभिजन कार्यालय लहानका प्रमुखलाई फोन गर्दा फोन रिसिब गरेन । गुणस्तरहीन सडक निर्माणमा सडक डिभिजन कार्यालयको पनि भूमिका रहेको स्थानीय रामकुमार यादवले बताए ।

एनएच–२० सडक अन्तरगत सिरहा नगरपालिका–२ को गोरियारी हनुमान मन्दिरदेखी मखनाहा रंगशालासम्म नाला र माटो र ग्राभेलको काम सोही निर्माण कम्पनी गर्ने सम्झौता गरेको छ । असार महिनाको ३० गतेभित्र काम सक्नुपर्ने भएपछि कम्पनीले ३० प्रतिशतजती काम मात्र पूरा गरेको छ । कम्पनीले यो कामको सम्झौता ६ करोड ५८ लाख ५३ हजार ८१० रुपैयामा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय