काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको छ ।
महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा शुक्रबार बसेको समितिको बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्बको बजेटको सीमा निर्धारण गरेको हो ।

बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्नेगरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णयसमेत गरेको छ ।
आजै बस्ने ४०औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तयगरी नगरसभामार्फत् बजेट सार्वजनिक गर्ने छ ।
नगरसभा वैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्ने छिन् ।
बैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति थियो ।




