उद्देश्य छ अटल मेरो, संघर्ष छ पटल मेरो,
परिश्रमलाई हतियार बनाई ओछ्याउछु म, समयलाई पछ्याउँछू म,

बाँधा सामु अड्छु म, मनोबल ठाडो पर्छु म,
कमजोरीलाई मेटाउछु म,उत्तप्रेरणा बढाउँछु म,

अनेकौं उतार आउँछन् जीवनमा,
उतार सामु जुध्छु म,
मेहनतको हावनमा कुद्छु म,
उतारलाई शिखर सम्म पुर्याउँछु म,
सफलताको नयाँ गीत गाउँछु म,

किनकि,
उद्देश्य छ अटल मेरो,जीवन छ पटल मेरो,
परिश्रमलाई हतियार बनाई ओछ्याउछु म,समयलाई पछ्याउँछ म ,

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय