काठमाडौं- मुगु जिल्ला केन्द्रबिन्दु भएर लगातार दोस्रो दिन भूकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान जिल्लाको कोटडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएको हो । बिहान ८ बजेर ३९ मिनेट जाँदा गएको भूकम्पको तीव्रता ४.३ म्याग्निच्युडको रहेको थियो ।





