सिरहा नगरपालिकाको वेवास्ताले सर्वसाधारणलाई समस्या

सिरहा । जिल्लाको प्रशासनिक अड्डाको रुपमा सदरमुकाम सिरहा रहेको छ । दैनिक रुपमा हजारौं नागरिक सदरमुकाम सिरहा सेवाग्राहीका रुपमा आउने गर्छ ।

सदरमुकाम सिरहामा रहेको सरकारी अड्डाहरुमा विभिन्न गाउँघरबाट सेवाग्राही दैनिक रुपमा आउँछन् । सदरमुकाम आएपछि र सेवाग्राहीको रुपमा आफ्नो काम सकाएर फर्किन खोज्नेलाई एउटा समस्याको सामना सिरहामा गर्नुपर्छ । त्यसो त सिरहा नगरपालिका मात्र होईन, जिल्ला नै खुलादिसामुक्त घोषणा भईसकेको छ । खुला दिसामुक्त नगरपालिका घोषणा भएको वर्षौ भईसक्दा सदरमुकाममा एउटा पनि सार्वजनिक सौचालय छैन् । जसका कारणले जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालयहरुका काम गराउन आउने सेवाग्राहीलाई समस्याको सामना गर्नुपर्छ ।

सिरहा नगरपालिकाले सदरमुकाममा सार्वजनिक सौचालय निर्माण र व्यवस्थित गर्न नसक्दा त्यसको मारमा सेवाग्राही पर्दै आएका छन् । यसले नगरको पनि बदनामी भईरहेको छ । करौडौं अर्बौ रुपैंया भौतिक पूर्वाधार निर्माणमा खर्च गर्ने सिरहा नगरपालिकाले नगरको स्वच्छता, सुन्दरतालाई व्यवस्थित बनाउन सार्वजनिक सौचालय बनाउन नसकेको आम गुनासो बढ्दै गएको छ । हजारौं नागरिकको ओहोर दोहोर हुने सिरहामा सौचालय नहुँदा आफूहरुलाई पनि लज्जा महसुस भईरहेको सिरहा नगरपालिकाका वडा सदस्य शम्भू साहले बताए । आफू नगरपालिकाको निर्वाचित वडा सदस्य भएपनि सौचालयको निम्ति पटकपटक आवाज उठाएको तर मेयर लगायतका जनप्रतिनिधिहरुले वेवास्ता गर्दै आएको बताएका छन् ।

२०७४ मा स्थानीय सरकार वहाल भएदेखि नै सिरहा सदरमुकाममा सौचालय निर्माणको निम्ति पहल र प्रयास गरेपनि अझैं निर्माण र सुचारु हुन नसकेको वडा सदस्य साहले गुनासो गरेका छन् ।
सडकयात्रीलाई शौचालयको निकै अभाब झेल्नुपर्ने बाध्यता रहेको स्थानीय व्यवसायीहरुको गुनासो छ । सिरहा नगरपालिकाले सार्वजनिक शौचालय निर्माण र त्यसको व्यवस्थापन गर्नुपर्ने स्थानीय युवा नेता भोगेन्द्र साहले बताए । नगरको सौन्दर्यताको लागि पनि सार्वजनिक शौचालय निर्माण र व्यवस्थापन गर्नुपर्ने युवा नेता साहले बताएका छन् ।

त्यस्तै सिरहा नगरपालिका–२२ का वडा अध्यक्ष जिवछ नारायण यादवका अनुसार जिल्लाकै सदरमुकाम रहेको सिरहा नगरपालिकामा सार्वजानिक शौचालय नहुलेले नगरपालिकाकै लाजमर्दो रहेको बताए । साथै आउदो नगरसभाबाट जसरी पनि बजेट विनयोजन गरेर सदरमुकाम लगायत अन्य ठाउहरुमा सार्वजानिक शौचालय निर्माणको लागि कार्यपालिकाको बैठकमा समेत कुरा राख्ने बताएकाछन् ।

त्यस्तै सिरहा क्षेत्र नं.३ का जनमत पार्टी उम्मेदवार दिनेश यादवका अनुसार सिरहा सदरमुकामा शौचालय नहुनु लज्जाको विषय रहेकोले चाडोभन्दा चाडो सार्वजानिक शौचालय बनाउनु पर्ने र व्यवस्थित तरिकाबाट संचाल गर्न समेत नगरप्रमुखलाई आग्रह गर्ने बताएका छन् ।
यस विषयमा सिरहा नगरपालिकाका मेयर डा नविन कुमार यादवसित बुझ्न खोज्दा फोन उठाएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय