गणित र विज्ञान अझै फिका छ
बुबा र आमाको माया शिरमा लगाएको टीका छ,
चम्किन्छ नसिब हीरा झैं टिलिक्क,
अझै नाप्न सकेको छैन गणितले मायालाई सिलिक्क,
विज्ञानले धेरै गर्यो आविष्कार तर,
अझै बनाउन सकेको छैन आमा र बुबाको प्यार,
जीवन सहज त बनायो विज्ञानले , तर माया,प्रेम,बिना जीवनको अर्थ नै हुन्छ बेकार ,
अचेल भन्छन् की विज्ञानले दिएको पङ्खा, र एसिमा आरामदायी निद्रा आउँछ रे ,
अहिलेसम्म मानिस यहीँ संकामा छ ,
दुनियाको अधिकांश बीमारी यसै एसी, कुलर र पंखामा छ,
सक्दैन दिन आराम र प्रेम विज्ञानले ,
किनकि निद्रा त आमाको हाते पंखामा छ,
गरेको छ औषधि र थुप्रै उपचार विधिको आविष्कार यसले ,
तर,के सक्छ जितियाको बर्त गरि गर्न चमतकार यसले ?
गणित कहिल्यै मेरो आमाको प्रेम गन्न सक्दैन,
विज्ञान मेरो बाबाको परिश्रम मापन सक्दैन ,
कहिल्यै मेरो मायाको तौल बताउन सक्दैन ,



