सिरहा । सिरहा सदरमुकाममा स्थापना गरिएको अप्पन क्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टरले आफ्नो प्रथम वार्षिकोत्सव मनाएको सम्पन्न छ।

स्वास्थ्य सेवा क्षेत्रमा निरन्तर योगदान दिँदै आएको यस क्लिनिकले एक वर्षको अवधी स्थानीयलाई विशेष सुविधा दिएको छ ।

समारोहको प्रमुख आकर्षणको रूपमा क्लिनिकका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. नरेश मण्डलले आफ्नो मन्तव्य राख्दै भने, “हामीले सुरुदेखि नै ग्रामीण तथा अर्धशहरी क्षेत्रका नागरिकलाई सुलभ, सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेका थियौं। आज त्यो यात्राले एक वर्ष पूरा गरेकोमा म सम्पूर्ण टिम र सेवाग्राहीप्रति आभार व्यक्त गर्छु।”

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा बिरामीका आफन्तहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। अतिथिहरूले क्लिनिकले यस अवधिमा उच्च प्रविधियुक्त स्वास्थ्य परीक्षण, नियमित परामर्श सेवा, औषधि सेवा, र अन्य ल्याब परीक्षणको क्षेत्रमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरे।

क्लिनिकले वार्षिकोत्सवको अवसरमा विभिन्न स्वास्थ्य परीक्षण प्याकेजहरूमा विशेष छुट, निःशुल्क स्वास्थ्य सल्लाह र स्वास्थ्यसम्बन्धी जनचेतनामूलक सत्रहरू पनि सञ्चालन गरेको थियो।

समारोहलाई सफल बनाउन टिम अप्पन क्लिनिकले पूर्ण तत्परताका साथ व्यवस्थापन गरेको थियो। कार्यक्रमको समापनमा डा. मण्डलले आगामी दिनहरूमा अझ धेरै विशेषज्ञ सेवा, डिजिटल प्रणालीमार्फत सेवा प्रवाह र ग्रामीण क्षेत्रसम्म मोबाइल हेल्थ क्याम्प सञ्चालन गर्ने योजना सार्वजनिक गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय