सिरहा क्याम्पसको खेल मैदानमा नगरप्रहरीको लागि शारीरिक तन्दुरुस्ती परीक्षणमा सहभागी उम्मेदवारहरु ।

आवेदन दिएको पाँच महिनापछि शारीरिक परीक्षण, उत्तिर्ण भएकाहरुको विवरण गोप्य

सिरहा । सिरहा नगरपालिकामा नगरप्रहरी भर्ना प्रकृया अन्यौलमा परेको छ । नगरप्रहरी भर्ना प्रकृयाको निम्ति सूचना निकाल्नेदेखि बजेट विनियोजन गर्ने काम पूरा गरेपनि सिरहा नगरपालिकाले नियुक्त प्रकृया अघि वढाएको छैन् ।

नगर प्रहरी भर्ना गर्न २०८१ भदौ १२ मा २० जनालाई नगर प्रहरीमा करार सेवामार्फत राख्ने गरी सिरहा नगरपालिकाले सूचना प्रकाशित गरेको थियो । ५ जना महिला र १५ जना पुरुष करार सेवावाट भर्ना गर्ने गरी सूचना प्रकाशित गरेको थियो । सो सूचनाको आधारमा ७९ जनाले नगरप्रहरी बन्न इच्छुकहरुले आवेदन दिएका थिए । आवेदन दिएकाहरुलाई पाँच महिनापछि शारीरिक परिक्षणमा सहभागी गराएको थियो । सूर्यनारायण सत्यनारायाण मोरबैता यादब बहुमुखी क्याम्पसका खेल मैदानमा आवेदकहरुको शारीरिक तन्दुरुस्ती परीक्षण सुरु गरिएको थियो ।

गत पुष १४ गते सात दिने सूचनामार्फत उम्मेदवारहरूलाई शारीरिक तन्दुरुस्ती परीक्षणमा सहभागी हुन आह्वान गरेको र पुष २०, २१ र २२ गते शारीरिक तन्दुरुस्ती परीक्षण भएपनि नजिता सार्वजनिक गरिएको छैन् । नगर प्रहरी भर्ना प्रकृया नै अहिले अलपत्र र गोप्य राखिएको छ । नगर प्रहरी भर्ना प्रकृया निष्पक्ष र पारदर्षि रह्ने त्यस बेला प्रमुख प्रशासकीय अधिकृत रहेका बलिराम यादवले उद्घोष गरेका थिए । करिव एक वर्ष पुग्नै लाग्दा नगरप्रहरी भर्ना प्रकृया रोकिएपछि निष्पक्षतामाथि प्रश्न उठेको स्थानीय नागरिक अगुवाहरु बताउँछन् । भर्ना प्रकृया समयमै र निष्पक्ष ढंगले गर्नुपर्नेमा ढिलाई गर्दै जानुले शंकाको स्थिती बनेको उनीहरु बताउँछन् ।

नगर प्रहरी बन्न आवेदन दिएका कतिपय युवाहरुले नगरपालिकाले आफूहरुलाई अलमलमा राखेको बताएका छन् । समयमै भर्ना प्रकृया पूरा गरी अवसर दिनुपर्नेमा रिजल्ट नै रोकेर अपारदर्षितालाई मलजल गरेको एक जना आवेदकको आरोप रहेको छ ।

सडक विस्तार गर्दा युवा परिचालन
सिरहा सदरमुकामको मुख्य सडक फराकिलो गर्ने क्रममा मेयर डा नविन कुमार यादवले दलबल प्रयोग गरेका थिए । नगरप्रहरीको जस्तै स्थानीय युवाहरुलाई लाठी सहित परिचालन गरेका थिए । यसले नगरपालिकाभित्र नगरप्रहरीको आवश्यकता औल्याएको थियो । सडक विस्तार कार्यको २ वर्ष वढी भईसक्दा पनि नगरप्रहरी भर्ना हुन सकेको थिएन । चालू आर्थिक वर्षको दोस्रो महिनावाट प्रकृया सुरु गरेपनि आर्थिक वर्ष सकिन लाग्दा पूरा हुन सकेको छैन् । यसले आवेदन दिएकाहरु निराश बनेका छन् भने विनियोजित बजेट फ्रिज हुने वा अन्य योजनाको नाउँमा परिर्वतन गर्नुपर्ने बाध्यतामा सिरहा नगरपालिका रहेको छ ।

नगर प्रहरी राख्न बजेट विनियोजन
सिरहा नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा नगर प्रहरी भर्ना गर्न बजेट विनियोजन गरेको छ । बजेट विनियोजन गरेपनि आर्थिक वर्ष सकिनै लाग्दा नगर प्रहरी भर्ना गर्न सकेको छैन् । सिरहा नगरपालिकाले राजश्व वाँडफाँडबाट १५ लाख ४२ हजार र प्रदेश समानिकरण अनुदानको रकमबाट २४ लाख ५८ हजार गरी ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

माग अनुसार उत्तिर्ण भएन: निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव
सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले अहिले भर्ना नभएको र केही दिनमा हुने बताएका छन् । माग अनुसार नगर प्रहरी पूर्ति नभएको भन्दै प्रशासकीय अधिकृत यादवले आवेदकहरुमध्ये १३/१४ जनामात्र उत्तिर्ण भएको बताएका छन् । ‘माग अनुसार उत्तिर्ण भएन,’ निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले भने,‘ उनीहरुको माग अनुसार उत्तिर्ण नहुँदा नामावली सार्वजनिक गरिएको छैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय