कोलकाता– अमेरिकाको सन फ्रान्सिस्कोट भारतको मुम्बईतर्फ आउँदै गरेको एयर इण्डियाको फ्लाइट एआई १८० मा प्राविधिक समस्या देखिएपछि यात्रुहरूलाई मंगलवार बिहान कोलकाता विमानस्थलमा जहाजबाट ओराल्नु परेको छ ।बोइङ ७७७-२०० एल आर (वर्ल्ड लाइनर) विमान सोमवार मध्यराति १ बजे कोलकातामा निर्धारित समयमा अवतरण गरेको थियो । विमान मुम्बईका लागि राति २:१५ बजे प्रस्थान गर्ने तालिका थियो, तर बायाँ इन्जिनमा प्राविधिक खराबी देखिएपछि उडानमा ढिलाइ भयो । बिहान करिब ५:२० बजे क्याप्टेनले यात्रुहरूलाई सुरक्षाका कारण जहाजबाट झर्न निर्देशन दिएका थिए । एयरलाइन्सका अनुसार यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै यस्तो निर्णय लिइएको हो ।
दुई दिनमा चार बोइङ विमानको आकस्मिक अवतरण

पछिल्ला दुई दिनमा मात्र चार वटा बोइङ विमानहरू विभिन्न समस्याका कारण आफ्नो गन्तव्यमा पुग्न नसकी फर्किएर आकसिमक अवतरण गर्नु परेको छ ।
लगातार देखिएको प्राविधिक समस्या र सुरक्षा चुनौतीहरूले हवाई यात्रा गर्ने यात्रुहरूबीच चिन्ता बढाएको छ ।




