सिरहा । अत्यधिक गर्मीका कारण सिरहाका विद्यालयमा दुईदिन बिदा दिइएको छ। पछिल्लो समय बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै सिरहा नगरपालिकाले नगरभित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरू दुई दिन बन्द रहने जनाएको छ।
मंगलवार नगरपालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवले एक सूचना जारी गर्दै जेठ २९ र ३० गते गरी दुईदिन वर्षे बिदाबाट कट्टा हुने गरी नगरभित्रका विद्यालयहरूमा पठनपाठन बन्द हुने जानकारी दिएका छन्।
पछिल्लो समय तराई मधेसमा बढ्दो गर्मीका कारण जनजीवन अस्तव्यस्त बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय