सिरहा । हुलाकी राजमार्गअन्तर्गत धनुषा–सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुल निर्माण गर्न बजेट विनियोजनका लागि मधेश प्रदेशसभाका सबै दललाई ध्यानाकर्षण गराइएको छ ।

नयाँ पुल निर्माण संघर्ष समिति, सिरहा–धनुषाले मधेश प्रदेशसभाका सबै पार्टीका संसदीय दलका नेतालाई कमला पुलका लागि बजेट विनियोजन गर्न ध्यानाकर्षणपत्र बुझाएको हो । ध्यानाकर्षणपत्र बुझ्दै दलका नेताहरुले कमला पुलका लागि बजेट विनियोजन गर्न पहल गर्ने प्रतिवद्धता जनाएको संघर्ष समितिका ईन्द्रजित कुमार गोठियाले जानकारी दिए ।

पुल निर्माणका लागि संघर्ष समितिले मधेश भवनमा अनसन बसेपछि ०८१ साउनमा मधेश सरकारले चार बुँदे सम्झोता गरेको थियो ।

नयाँ पुलका लागि संघीय सरकारले बजेट नदिए मधेश सरकार नयाँ पुल निर्माण गर्ने सम्झौता कार्यान्वयण हुनुपर्ने संघर्ष समितिले माग छ । प्रदेश सरकारले नयाँ पुलका लागि डिपिआर समेत तयार गरिसकेको छ ।

‘संघीय सरकारको बजेट सार्वजनिक भइसकेको तर त्यसमा कमला पुलको लागि बजेट नराखेको हुनाले सो पुलका लागि प्रदेशबाट रकम विनियोजन गरिाइँदिनहुन अनुरोध गर्दछौं,’ दलका नेताहरुलाई संघर्ष समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

संघर्ष समितिका पदाधिकारीहरुले यसअघि नै मुख्यमन्त्री सतिश सिंहलाई भेटेर आगामी बजेटमा पुलका लागि रकम विनियोजन गर्न माग गरेको थियो । मुख्यमन्त्री सिंहले पनि नयाँ पुल निर्माणकै लागि बजेट विनियोजन गर्ने आश्वासन दिएको बुझिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय