मलेसिया भ्रमणमा रहेका जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र मलेसियाको लागि नेपाली राजदूत डा. नेत्रप्रसाद तिमल्सेनाबीच नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर बारे छलफल भएको छ ।

राजदूत डा. तिमल्सेनाले अध्यक्ष यादवको सम्मानमा आइतबार राति आयोजना गरेको स्वागत भोज समारोहमा रोजगार र श्रमिक समस्याको विविध आयाम बारे छलफल भएको हो । छलफल भेटमा अध्यक्ष यादवले मलेसियामा कार्यरत नेपाली श्रमिकको जिउधन र रोजगारको सुरक्षा, कामका दौरान भोग्नु परेको अनेक समस्या समाधानको लागि तदरुकताका साथ पहल गर्न राजदूत तिमल्सेनालाई आग्रह गरेका छन् ।

राजदूत तिमल्सेनाले नेपाली श्रमिकको समस्यामा केन्द्रित भएर दूताबासले काम गरिरहेको र आगामी दिनमा थप प्रभावकारी ढंगले लाग्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय