सिरहा । सिरहा नगरपालिकामा अख्तियारको टोलीले छापा मारेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबास कार्यालयको टोलीले सोमवार नगरपालिकामा छापा हानेको हो ।

टोलीले राजस्व संकलन, पोखरी ठेक्का, लेखा परीक्षण प्रतिवेदन लगायतका कागजात नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । अख्तियारका दुई अनुसन्धान अधिकृतको टोलीले कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । यससँगै टोलीले नगरपालिका कार्यालयबाट केही योजनाका थप कागजातहरूसमेत नियन्त्रणमा लिएको छ । केही योजनाहरूको स्थलगत निरीक्षण पनि गरेको अख्तियार दुरुपयोग अनुसंधान आयोगको बर्दीबास कार्यालयले जनाएको छ ।

अख्तियारका सूचना अधिकारीका अनुसार नगरपालिकाविरुद्ध उजुरी परेपछि आवश्यक अनुसन्धानका लागि अख्तियारको टोली नगरपालिका पुगेको र कागजात नियन्त्रणमा लिएर अनुसंधान थालेको जनाएको छ । यस विषयमा सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद इद्रिस राईनले प्रतिक्रिया दिन मानेनन् ।

अख्तियारको टोलीले यस अघि पनि पटकपटक सिरहा नगरपालिकाबाट विभिन्न योजना र कार्यक्रमसँग सम्बन्धित कागजात माग गरी अनुसंधान गरिरहेको छ । सिरहा नगरपालिकालाई अख्तियारले रेड जोनमा राखेर अनुसंधान गर्दै आईरहेको जानकारहरु बताउँछन् । अख्तियारमा पर्ने उजुरी र तथ्य प्रमाणहरु संकलनले अख्तियारले सिरहा नगरपालिकाका निर्वाचित जनप्रतिनिधि देखि कर्मचारी विरुद्ध मुद्दा दायर गर्न सक्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय