सिरहा । गृहमन्त्री रमेश लेखकले कमला पुलको पुर्ननिर्माण गर्न आफूले पनि पहल गर्ने बताएका छन् ।
भाँसिएर अलपत्र परेको कमला पुलको निरिक्षण गर्न निर्माणस्थल बसबिट्टा पुगेका पूर्व भौतिक योजनामन्त्री एवं वर्तमान गृहमन्त्री लेखकले कमला पुल पुर्ननिर्माण गर्न आफूले प्रयत्न गर्ने बताएका छन् । धनुषा र सिरका बाक्लो सुरक्षाकर्मी र नेपाली काँग्रेसका नेताहरुको दलबल लिएर कमला नदीको बसबिट्टाघाट पुगेका गृहमन्त्री लेखकले पुल निर्माण गर्दै आएका लुम्बिनी बिल्र्डसले अलपत्र पारेको विषयवारे जानकारी लिएका थिए । निर्माण कम्पनीले चैत १३ देखि पुल निर्माण ठप्प पारेको जानकारी गृहमन्त्रीलाई हुलाकी राजमार्ग आयोजना कार्यालय जनकपुरधामका प्राविधिकले गराएका थिए । गृहमन्त्री लेखक २०७३ सालमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका थिए ।

गृहमन्त्रीसँगै आएका सांसद रामकृष्ण यादवले अगामी आर्थिक वर्षको बजेटमा कमला नदीको भाँसिएको पक्की पुल निर्माणको बजेट सुनिश्चित हुने आश्वासन दिएका थिए । अगामी आर्थिक वर्ष २०८२/०८३ सम्म पुल निर्माण पूरा हुने सांसद यादवले प्रतिबद्धता जनाए । २०६८ सालमा तात्कालिन भौतिक योजनामन्त्री हृदेश्य त्रिपाठीले कमला नदीको पुल शिल्यानाश गर्दै गर्दा सांसद यादव पनि सहभागी भएका थिए ।
गृहमन्त्री लेखकसँगै सांसदहरु रामकृष्ण यादव, चन्दा चौधरीसँगै सयौं नेता कार्यकर्ताहरु कमला नदीको भाँसिएको पुल निरिक्षणमा पुगेका थिए ।

प्रधानमन्त्रीदेखि मन्त्रीहरुको पटकपटक निरिक्षण
प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, डा बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व भौतिक पूर्वाधारमन्त्रीहरु रघुवीर महासेठ, रेनु यादव, वसन्त नेम्वाङ्ग पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ लगायतका मुख्य राजनीतिक दलका र्शीष नेताहरुले भाँसिएको पुलको पटकपटक निरिक्षण गरेका छन् । विगत १४ वर्षदेखि निर्माणधीन रहेको पुल अलपत्र परेको छ । प्रधानमन्त्री ओलीले पुल २०७७ मै निर्माण पूरा गरी सवारीसाधन चल्ने गरी सिरहामा आयोजितक एक कार्यक्रममा २०७५ सालमा प्रतिबद्धता जनाएको थियो ।

सिरहाका पत्रकारलाई अवरोध
सिरहा प्रहरीले कमला नदीको भाँसिएको पुल निरिक्षण गर्न आएका गृहमन्त्री रमेश लेखकको समाचार संकलन गर्न गईरहेका सिरहाका पत्रकारहरुलाई अवरोध गरेका थिए । माथिको आदेश भन्दै प्रहरीले पत्रकारहरुलाई कमला पुलको बाँधमा रोकेका थिए । पत्रकारहरु नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष शुभनारायण कामती, नयाँ पत्रिकाका सुरेन्द्र कुमार कामती, अपन दैनिकका संवाददाता रुन्केश कामती, धाकडन्यूजका विक्की यादव लगायतलाई कमला पुलको बाँधमा रोकेका थिए । गृहमन्त्री आएपछि मात्र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी अनन्तराम शर्माले पत्रकारहरुलाई भाँसिएको पुलको रिर्पोटिङ्ग गर्न दिएको थियो । त्यो भन्दा पहिला काठको पुलमा चढेका पत्रकारहरुलाई एसपी शर्माले आफै तल गइहाल्न निर्देशन दिएका थिए ।
तर, पत्रकारलाई सूचना संकलनबाट रोक्नु प्रेस स्वतन्त्रताको हनन भएको भन्दै सिरहाका पत्रकारहरूले आपत्ति जनाएका छन् ।
नेपाल पत्रकार महासंघ सिरहा शाखाका कोषाध्यक्ष शुभ नारायण कामतीका अनुसार, “सरकारी निरीक्षण कार्यक्रम पत्रकारका लागि सार्वजनिक चासोको विषय हो । यस्तो कार्यक्रममा पत्रकारलाई रोक्नु प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय