काठमाडौं । व्यक्ति हत्याको कसुरमा दोषी ठहर भएर २० वर्ष कैद सजाय सुनाइएका एक जना व्यक्ति २० वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा शंखुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङ छन् । उनले २२ चैत २०६१ मा भोजपुरको जरायोटार-४ घर भएका ३६ वर्षीय पर्शुराम विकको हत्या गरेको आरोप छ ।





