सिरहा । सिरहाको बिष्णुपुर गाउँपालिका–३ रजोखैरका एक विपन्न परिवारमा गाँउलेले आर्थिक सहयोग गरेको छ ।
स्थानीय अरुण यादवको परिवारलाई गाउँवासीले १ लाख ६४ हजार ८ सय नगद र सरसमान सहयोग गरेको छ । सहयोग रकम र संकलित खाधन्न पिडित परिवारलाई वितरण गरिएको बिष्णुपुर गाउँपालिकाका पूर्व गाउँपालिका अध्यक्ष जागेश्वर यादवले बताएका छन् । अरुणको गत फागुन १५ मा मृत्यु भएको हो ।
२ छोरी, एक छोरा, श्रीमती, बृद्धआमा रहेको र आर्थिक अवस्था कमजोर भएकोले गाउँलेले सहयोग गरेको बिष्णुपुर गाउँपालिका–३ रजोखैरका वडा सदस्य यूवा नेता अशोक कुमार यादवले बताए ।




