काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमीशीतलाको विकास तीव्रताका साथ गर्न आग्रह गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा आज पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनलाई सम्बोधन गर्दै ओलीले प्रविधिको प्रयोग गरेर विकास र उद्यमशीलतामा केन्द्रित हुँदै अगाडि बढ्नुपर्ने धारणा राखेका हुन्।

ओलीले उद्यमशीलताको विकास बिना आन्तरिक रोजगारका लागि अवसर प्राप्त नहुने बताए। उनले भने,‘आन्तरिक रोजगारी उद्यमशीलताको विकास बिना सम्भव छैन। सरकारी जागिर त सीमित छ। कहिले को रिटायर्ड हुन्छ र एउटा खालि हुन्छ। त्यो पनि लोकसेवाले परीक्षा हुने गरी समानुकुल विज्ञापन आह्वान गर्छ। त्यसैले रोजगारीको सिर्जना गर्न उद्यमशीलताबाट मात्र सम्भव छ।’

उनले रोजगार सिर्जना गर्न सरकारभन्दा नीजि क्षेत्र बढी क्रियाशिल रहने धारणा राखे। समृद्ध नेपाल सुखी नेपाली विकासको भिजन बोकेर सरकार हिँडेको भन्दै ओलीले राष्ट्रिय आकांक्षा सफल बनाउन सबैलाई एकजुट हुन आह्वान गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय