तिनाउ (रुपन्देही)। नेपाल सरकारका गृहमन्त्री रमेश लेखकले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गर्नुभएको छ । पार्टी कार्यक्रमको सिलसिलामा रुपन्देहीमा रहनुभएका मन्त्री लेखक मंगलबार बिहान विमानस्थलको निरीक्षण तथा अवलोकन गर्नुभएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उडड्यन कार्यालय सिद्धार्थनगर, रुपन्देहीका सूचना अधिकारी विनोद सिंह रावतका अनुसार गृहमन्त्री लेखक बिहान ९ बजे विमानस्थल निरिक्षणका लागि पुग्नु भएको थियो ।

निरीक्षणपछि गृहमन्त्री लेखकले बिमानस्थलमा रहेका अध्यागमन कार्यालय, त्यहाँको शुरक्षा व्यवस्था सहित विमानस्थलको बिषयमा बुझेको बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छौं । त्यहाँको अध्यागमन कार्यालयको अवस्था, आवातजावतको स्थिति, यात्रुहरुको सेवा सुविधा, व्यवस्थापन, सरसफाई के कस्तो छ भन्ने कुरा हेरेर आएका छौं ।”

उहाँले विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु भएकोमा खुसि व्यक्त गर्नुभयो । “अहिले मलाई बडो खुसी लागेको छ’ उहाँले भन्नुभयो, “एक दिनमा चारवटा उडान भइरहेको रहेछ, मानिसको आवातजावत पनि बढेको छ ।” यसलाई दिगो बनाउने बिषयमा सरकार गम्भिर रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय