सिरहा । सिरहा–धनुषा जिल्ला जोडने पवित्र कमला नदीमा नुहाउने क्रममा एक जना बालक बेपता भएका छन् । बेपत्ताको खोजी सशस्त्र प्रहरीको टोलिले खोजि कार्य गरिरहेको सिरहा प्रहरीले जनाएको छ ।
सिरहा नगरपालिका–६ स्थित बसपिट्टा घाटमा पुलको दक्षिणपटी उनी साथीहरूसँग नुहाउन पुगेका थिए ।
बेपत्ता बालक सिरहा नगरपालिका–१५ बुधौराका १४ वर्षीय अभिषेक यादव रहेका प्रहरीले जनाएको छ । अर्को एक जना पनि बेपता भएको जानकारी आएको तर पुष्टि हुन नसकेको प्रहरीको भनाइ छ ।
आज कार्तिक शुक्ल पूर्णिमा । सिरहा–धनुष जिल्ला जोड्ने पवित्र कमला नदीमा स्नान गर्नेहरूको घुइँचो लागेको छ ।




