सिरहा । जिल्लाको धनगढीमाई नगरपालिका–२ मा रहेको आत्म निर्भर सहकारी संस्थाको साधारण सभामा हिजो शनिबार बाँडिएको खाजा खादा करिव ३५ जना विरामी परेका छन् ।
धनगढी बजारस्थित महेश होटलबाट लगिएको खाजा खाँदा रातिदेखि नै पेट दुख्ने, वान्ता हुने, झाडापखाला हुने, ज्वरो आउने जस्ता लक्ष्ण देखिएपछि तत्कालै उपचारको लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको इलाका प्रहरी कार्यालय धनगढीले जानकारी दिइएको छ ।
चिकित्सकहरुका अनुसार खाजाले मास फुड प्वाइजन भएको जानकारी दिएको छ । विरामीहरुको उपचार अहिले सामान्य भए पनि पूर्ण रुपमा निको हुन झण्डै २४ घण्टा लाग्ने अस्पताल स्रोतले वताइएको छ ।

महेश होटलका संचालक महेश साहका अनुसार पसल थापेको वर्षौ भए पनि यस्तो घटना नघटेको वताउँदै आफूबाट केही त्रुटी भएको स्वीकार्नुभयो ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । साधारण सभामा करिव दुई सय खाजा अर्डर गरिएको आत्म निर्भर सहकारी संस्थाका अध्यक्ष भगवती चौधरीले वताए ।




