मधेश प्रदेशको मुख्यमन्त्री परिवर्तनका लागि चलखेल हुन थालेको छ । जनमत पार्टीको आन्तरिक विवादका कारण मुख्यमन्त्री हेरफेरमा बल पुगेको हो ।
राजनीतिक दल विभाजनका लागि सहज हुने गरी अध्यादेश आउने भएमा जनमत पार्टी नै फुट्ने अवस्थामा रहेकोले उक्त बहसले सघन रुप लिएको हो । सीके राउत पछिल्ला दिनमा सरकारको भूमिकामाथि प्रश्न गर्न थालेका कारणले पनि त्यसको संकेत देखिएको हो । । जनमतनिकट स्रोतहरुका अनुसार, मुख्यमन्त्री सतिश सिंह र नेता चन्दन सिंहवीच बढ्दो दूरीको कारण समस्या आएको थियो ।

त्योभन्दा पनि ठूलो दूरी चाहिँ संसदीय दलको नेता भइसकेका र मुख्यमन्त्रीमा दावी गरेका महेश यादवसँग विवादले गर्दा पनि जनमतको मधेश सरकारमा समस्या देखिएको हो । त्यो विवाद केन्द्रसम्म पनि तानिएको खबर छ । केन्द्रमा समेत विवाद तानिएको अवस्थाले गर्दा सिके राउतको पार्टी नै विभाजनको डिलमा पुगेको हो । त्यसैले मुख्यमन्त्रीमै समस्या आएको बताएको छ । त्यसो त, पछिल्ला दिनमा राउत सत्ता पक्षभन्दा पनि प्रतिपक्षसँग नजिक हुन थालेका छन् ।
त्यसले पनि सत्ता गठबन्धन राउतको मुख्यमन्त्रीलाई हटाएर उपेन्द्र यादवको जसपालाई साथ लिने कि भन्ने मनोविज्ञानमा देखिएको पनि बताइएको छ ।
त्यसो त, कतिपयले जसपा नेपालभन्दा पनि अशोक राई समूहको जसपालाई हात लिनका लागि उनीहरुको समूहको नेतालाई मुख्यमन्त्री बनाउने कि भन्ने चर्चा पनि राजनीतिक वृत्तमा चल्न थालेको छ । उक्त चर्चाकै कारणले मधेशको मुख्यमन्त्री परिवर्तन गर्ने खेल सुषुप्त रुपमा सुरु भएको बताइएको छ ।




