दार्चुला । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले शुक्रबार मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुरुषलाई नियन्त्रणमा लिएको हो । बालिकालाई जबरजस्ती करणी गरेको भन्दै बालिकाको घर-परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ । पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय