राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई आज आइतबार दिउँसो ३ बजे कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई शुक्रबार काठमाडौंबाट पोखरा लगिएका थियो ।
कास्की प्रहरीका अनुसार हिरासतमा रहेका लामिछानेलाई आज दिउँसो ३ बजे अदालत पेश गर्ने तयारी भइरहेको हो ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन तथा सङ्गठित अपराधमा शुक्रबार पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्याएर जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।




