बर्दिबास। महोत्तरीको गौशाला नगरपालिकामा आज बिहान करेन्ट करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।

प्रहरीका अनुसार करेन्ट लाग्दा गौशाला ३ स्थित पचाइन टोलकी १२ वर्षीया करिनाकुमारी महतोको मृत्यु भएको हो । बालिकासँगै खेततर्फ जाँदै गरेका छिमेकका १४ वर्षीया साथी विमाकुमारी महतो र १८ वर्षीया राधाकुमारी महतो घाइते छन् ।

इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक सूर्य रानाकाअनुसार घटनास्थलमै मृत्यु भएको बालिकाको घटना मुचुल्का गरि पोष्टमार्टमका लागि बर्दीबास असपताल पठाइएको छ । घाइते बालिकाहरुलाई गौशालास्थित नीजि असपतालमा भर्ना गरिएको छ ।

मृतक बालिकाका बुवा विहारी महतोकाअनुसार गाँउकै अन्य तीन जना साथी सहेलीसँग आज बिहान ७ बजेतिर घाँस काट्न खेततर्फ जाँदै गर्दा करिनालाई सोही गाँउका तरकारी कृषकले खेतको सुरक्षाका लागि लगाएको तारजालीमा छुदा मृत्यु भएको हो ।

गाँउ नजिकको तरकारी खेतको सुरक्षाका लागि जग्गा धनीले घेरवेर गरेको तारजालीमा करेन्ट प्रवाह गरेका थिए । करेन्ट प्रवाहबारे जानकारी नहुँदा सोही तारजालीमा छोइएपछि घटना वारदात भएको प्रहरीले जनाएको छ । करेन्ट प्रवाह गर्ने जग्गा धनीको खोजी जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय