२०७२ को गोरखा भूकम्पले धरहरा भत्काएको थियो । त्यसपछि सरकारले भत्किएको धरहरालाई यथावत राखी पहिला धरहरा रहेको नजिकै अर्को धरहरा बनाएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ सालमै धरहराको उद्घाटन गरे पनि त्यसको तीन वर्षपछि फेरि ओली नै प्रधानमन्त्री भएको बेला सर्वसाधारणका लागि खुला गरिएको हो । ओलीले त्यसबेला निर्माण पूरा नहुँदै उद्घाटन गरेको भन्दै आलोचनासमेत भएको थियो ।

धरहरा भीमसेना थापाले निर्माण गरेका थिए । धरहरामा पटकपटक भूकम्पले क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय