जनकपुरधाम । जनकपुरमा यसपाली जनकपुरको उद्योग बाणिज्य संघको चुनाव कडा टक्कर थियो। चुनावको प्रक्रीया सकने बित्तिकै सुरेन्द्र भण्डारी आफ्नो ज्योतिषगुरुलाइ भेटेर आशिर्वाद लिन पुगेका थिये ।
जनकपुरको उद्योग बाणिज्य संघ नेपालकै विराटनगरपछिको दोस्रो पाको संस्था हो । यहाँका व्यापारी, समाजसेवी, अगुवा बुद्विजिवीहरु नेपालमा जनताको समेत सहभागिता भई राजनिति सुरु भएको बेला २००७ साल तिरकै दशकमा यस संघको स्थापना गरि दिएर पेशागत हक अधिकारका लागि बाटो देखाई दिएका हुन । यो संघ नेपालका व्यापारीहरुको केन्द्रिय छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ भन्दा पनि पुरानो संघ हो ।

ज्योतिष ई बिबेक प्रसिद्ध बरिस्ठ ज्योतिष अशोक पाण्डेयका सुपुत्र हुन् । नेपालको प्रतिष्ठित ज्योतिष बिद् मध्येका एक ज्योतिष बिबेक यस्तो ज्योतिष परिवार बाट हुन जसले परापुर्व देखि नै नेपाली राजनितीको क्षेत्रमा गरेको भविष्यवाणी यथार्थ नै साबित भएको दाबी गरिएको छ ।



