सिरहा। मधेसको जीवन रेखा हुलाकी राजमार्ग अन्तर्गतको कमला नदीमाथि पक्की पुल निर्माणमा सरकार गम्भीर बन्नुपर्ने प्रतिनिधिसभा सद्स्य लिलानाथ श्रेष्ठले प्रतिनिधिसभाको बैठकमा जोडदार माग गरेका छन्।

१३ वर्षदेखि अलपत्र कमला पुल निर्माण नहुँदा मधेसको जीवन पद्धति नै अवरुद्ध बन्न पुगेको भन्दै सांसद श्रेष्ठले निर्माणमा गम्भीरता देखाउन सरकारको ध्यानाकर्षण गराएका छन्।प्रतिनिधिसभा सदस्य लिलानाथ श्रेष्ठले कमला नदीमा पक्की पुल निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउन माग गरेका छ्न । पुल निर्माणका लागि स्थानीयहरू आमरण अनशन बसिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै उनले भने,‘कमलामा पुल निर्माणको कार्य अविलम्ब सुरुवात होस्।’
हुलाकी राजमार्ग अन्तर्गतको जनकपुरधामदेखि सिरहासम्मको अधिकांश ठाउँमा सडक निर्माणको काम सम्पन्न भए पनि कमला नदीमाथिको पुल निर्माण १३ वर्षदेखि अलपत्र छ।
ठेकेदारले निर्माण अन्तिम चरणमा रहेको भनिरहेका बेला तीन वर्षअघि बाढीले कमला नदीमा बन्दै गरेको पुल भासिएपछि पुनःनिर्माणका लागि पटक पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ भएन। त्यसपछि सिरहाका १० जना अभियन्ता सामूहिक आमरण अनशनमा बसेका हुन्।
इन्जिनियर प्रवीणकुमार यादवको नेतृत्वमा जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि तीन दिन देखि आमरण अनशन जारी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय