CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

सिरहा । बालिका बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले सिराहाबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको कर्जन्हा नगरपालिका–४ वडहरा घर भएका २२ वर्षीय सुशील सदा छन् ।इलाका प्रहरी कार्यालय बन्दीपुरको टोलीले लुकिछिपी बसेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको सिराहाका एसपी रमेश पण्डितले बताए । भदौ १४ मा राति उनले १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय